Saturday, March 26, 2011

सडक मै माछामासु पसलले यात्रुलाई कठिनाई

तबरेज आलमसुनसरी, १२ चैत्र । सुनसरीको रामनगर भुटाहा गाविसमा दुइ वर्ष अगाडि लागु गरिएको आफ्नो गाउ आफै बनाउ कार्यक्रम अन्तर्गत सडक, हाटखोला र सडक किनारका पसलहरु हृटाइएपनि अहिले पुनः सो ठाउहरुमा पसल लाग्न थालेपछि यात्रुहरुलाई कठिनाई हुन थालेको छ । अभियान थाले पश्चात त्यता तर्फ अनुगमन समिति र स्थानिय प्रशासनले ब्ववस्थित र मर्यादित बनाउर्ने तर्फ खासै चासो नदिदा अहिले सडक मै २ दर्जन भन्दा पनि बढि माछा मासु पसल थापेर चलाउदै आएको छ ।गाविसका पदाधिकारीहरुले सडक अतिक्रमण, सरसफाइ इत्यादि तर्फ खासै ध्यान नदिदा यहाका जनता त्यसको प्रत्यक्ष मारमा पर्दै आइरहेका छन् । एक यात्रुले भने "भुटाहा ५ मा रहेको सडकमा माछामासु पसल थाप्दा सडक काट्न कित १ डेढ घण्टा लाग्छ कित अन्तै भएर जानुपर्छ । " स्थानिय यात्रुले दुःख पाइरहादा समेत त्यस तर्फ स्थानिय प्रशासन तथा गाविसको ध्यान नजादा सबैका निम्ति लाजमर्दो विषय बन्न पुगेका छन् सडक मै थापिने २ दर्जन बढि यी पसलहरु । एक बुद्धिजिविका अनुसार माछुमासु पसल थाप्नेहरुसाग गाविसले कमिसन असुली गर्दै आइरहेकाले सो पसलहरु हटाउन तर्फ खासै ध्याननदिएको सहजै थाहा पाउन सकिन्छ ।